कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज

लोकपथ
42
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको भए पनि औपचारिक एजेन्डा सार्वजनिक गरिएको छैन ।

यसैबीच, नेपाली कांग्रेसले आजै प्रतिनिधि सभामा संसदीय दलको नेता चयनका लागि प्रक्रिया सुरु गर्ने जनाएको छ । उक्त विषयमा पनि बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।

त्यस्तै, पार्टीको १५औँ महाधिवेशनको तयारी, संगठन सुदृढीकरण तथा पार्टीभित्र देखिएका विवाद समाधानका विषयमा समेत बैठक केन्द्रित रहने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?