आजदेखि आर्थिक गणना सुरु, देशभर परिचालन गरियो गणक र आवश्यक सुरपरीवेक्षक

लोकपथ
84
Shares

काठमाडौं । देशभर आजदेखि दोस्रो आर्थिक गणना सुरु भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार गणक र सुपरिवेक्षकहरू आ–आफ्नो क्षेत्रमा पुगेर काम थालेका छन् ।

यो गणना आगामी असारको पहिलो साताभित्र सक्ने लक्ष्य राखिएको छ । यसका लागि करिब पाँच हजार जनशक्ति परिचालन गरिएको छ ।

गणनामा उद्योग, व्यापार, सेवा, सहकारी लगायत आर्थिक क्षेत्रका १८ वटा क्षेत्रका विवरण संकलन गरिनेछ । यस क्रममा देशभरका साना–ठूला, दर्ता भएका वा नभएका सबै प्रकारका व्यवसाय र प्रतिष्ठानको तथ्यांक लिइनेछ ।

त्यस्तै, उद्योग, कलकारखाना, सरकारी तथा निजी संस्था, विद्यालय, अस्पताल, गैरसरकारी संस्था लगायतको पनि विवरण संकलन गरिनेछ । यसबाट लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहबारे स्पष्ट जानकारी प्राप्त हुने अपेक्षा गरिएको छ ।

संकलित तथ्यांकको प्रतिवेदन आर्थिक वर्ष २०८३/८४ मा सार्वजनिक गरिने राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । यस गणनाले देशको आर्थिक अवस्था बुझ्न र भविष्यको योजना बनाउन सहयोग गर्ने विश्वास गरिएको छ ।

यसअघि २०७५ सालमा गरिएको आर्थिक गणनामा देशभर ९ लाखभन्दा बढी व्यवसाय सञ्चालनमा रहेको तथ्यांक सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?