राष्ट्रिय हित र विधिको शासनका लागि सबै मिलेर अघि बढौँ : पूर्वप्रधानमन्त्री कार्की

लोकपथ
70
Shares

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रिय हित, विधिको शासन र सामाजिक सद्भाव अभिवृद्धिका लागि सबै नेपाली एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएकी छन् ।

नयाँ वर्ष २०८३ को सुखद उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति र प्रगतिको कामना गरेकी हुन् ।

आफ्नो शुभकामना सन्देशमा कार्कीले विगतका अनुभवहरूबाट पाठ सिक्दै भविष्यलाई अझ उज्यालो र न्यायपूर्ण बनाउनुपर्ने उल्लेख गरेकी छन् । उनले मुलुकलाई समृद्धिको दिशामा लैजान कानुनी सर्वोच्चता र सामाजिक एकता अनिवार्य रहेको बताउँदै नयाँ वर्षले सबैमा न्यायपूर्ण समाज निर्माण गर्ने ऊर्जा प्रदान गरोस् भन्ने शुभेच्छा प्रकट गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?