नयाँ वर्षमा प्रधानमन्त्री बालेनको शुभकामना : ‘सबै सुखी र निरोगी हुन्’

लोकपथ
77
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपाली नागरिकमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै उनले प्रसिद्ध संस्कृत श्लोक स्मरण गर्दै सबैको सुस्वास्थ्य र कल्याणको कामना गरेका हुन् ।

प्रधानमन्त्री शाहले सन्देशमा लेखेका छन्, ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः । सर्वे भद्राणि पश्यन्तु, मा कश्चिद् दुःखभाग् भवेत् ॥’

उक्त श्लोकको भावार्थ स्पष्ट पार्दै उनले सबैको जीवनमा सुख, आरोग्य र समग्र कल्याण कायम रहोस् भन्ने अपेक्षा व्यक्त गरेका छन् ।

उनले सन्देशमा भनेका छन्, ‘सदैव शुभ होस्, निर्विघ्नता रहोस् र दुःखको हरण होस् । नयाँ वर्ष २०८३ को शुभारम्भको यस पावन अवसरमा सम्पूर्णमा सुख, शान्ति र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?