अथाह सम्पत्ति रहेका गृहमन्त्री भन्छन्– ‘मर्दा गरिब भएर मर्नु पाप हो’

लोकपथ
196
Shares

काठमाडौं । आइतबार प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ सहित सबै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भयो ।

प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरणबारे यतिबेला टिकाटिप्पणी भइरहेको छ ।

सामाजिक अभियानमा आफूलाई समाहित गरेका वर्तमान गृहमन्त्री सुधन गुरुङसँग समेत ठूलो धनराशी देखिएपछि भने त्यसबारेमा टिप्पणी भइरहेको छ ।

त्यस विषयमा गृहमन्त्री गुरुङले आफू मन्त्री बन्नुभन्दा अघि भ्रष्टाचार नगरी सम्पत्ति कमाएको दाबी गरेका छन् । त्यस्तै जन्मदै गरिब भएर जन्मिनु कुनै पनि व्यक्तिको पाप नहुने तर मर्दा गरिब भएर मर्नु चाँही पाप रहेको टिप्पणी गरेका छन् ।

‘तिमी जन्मिँदै गरिब जन्मिनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो । सरकारमा आउनु अघि बिना भ्रष्टाचार कमाउनु पाप होइन, सरकारमा आएर भ्रष्टाचार गरेर कमाउनु पाप हो । चेतना भया,’ सामाजिक सञ्जालमा उनले लेखेका छन् ।

गृहमन्त्री गुरुङसँग ठाउँ ठाउँमा जग्गासहित ८९ तोला सुन मात्रै रहेको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत् सार्वजनिक भएको छ ।

यो पनि…

गृहमन्त्री गुरुङसँग ८९ तोला सुन, कति छ सम्पत्ति ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?