सदर चिडियाखानाको पोखरीमा डुबेर ५५ वर्षीय पुरुषको मृत्यु

लोकपथ
322
Shares

काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । 

जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीका अनुसार, आज सोमबार बिहान चिडियाखानाको पोखरीमा ५५ वर्षीय एक पुरुष डुबेको अवस्थामा फेला परेको बताए । ती पुरुषलाई तत्कालै पाटन अस्पताल लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेको उनले बताए । 

उनले मृतक पुरुष कतिबेला कसरी भित्र प्रवेश गरेको र कसरी मृत्यु भयो भन्ने विषयमा अनुसन्धान भइरहेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?