गृहमन्त्री गुरुङसँग ८९ तोला सुन, कति छ सम्पत्ति ?

लोकपथ
0
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला सुन र ६ किलो चाँदी रहेको खुलेको छ । आज सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार पैत्रिक सम्पत्तिका रुपमा उक्त परिमाणमा सुनचाँदी रहेको खुलेको हो ।

त्यस्तै गृहमन्त्री गुरुङसँग विभिन्न बैंकमा गरी कुल ६१ लाख ६२ हजार ९ सय ५० रुपैयाँ बैंक मौज्दात रहेको छ ।

सम्पत्ति विवरण अनुसार लक्ष्मी सनराइज बैंकमा ५ लाख ३५ हजार ४ सय, नविल बैंकमा ५६ लाख २५ हजार ९ सय ७६ र सानीमा बैंकमा १ हजार ५ सय ७४ रुपैयाँ रहेको खुलेको छ ।

त्यस्तै विभिन्न कम्पनीका गरी कुल २ करोड ७४ लाख ५६ हजार २ सय रुपैयाँ बराबरको शेयर रहेको समेत विवरण देखाइएको छ ।

सम्पत्ति विवरण अनुसार गृहमन्त्री गुरुङको नाममा विभिन्न जिल्लामा जग्गा रहेको समेत खुलेको छ ।

जसअनुसार उनको नाममा धनकुटा, चितवन र गोरखामा जग्गा रहेको छ । विवरण अनुसार चितवनको भरतपुरमा १८ मा ३० काठ्टा र गोरखाको चुमनुब्री ३ मा २२१ रोपनी जग्गा रहेको छ ।

यता सम्पत्ति विवरणमा गुरुङसँग ४७ लाख ९९ हजार रुपैयाँमा किनेको एमजी गाडी पनि रहेको छ । तर यो गाडी भने लगुम प्रिमियम अपार्टमेन्टको नाम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?