काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफूले पिर्के सलामी नखाने घोषणा गरेका छन् ।
केही दिनदेखि विभिन्न जिल्लाको भ्रमणमा रहेका गृहमन्त्री गुरुङ आइतबार नवलपुर पुगेका छन् ।
नवलपुरमा सशस्त्र प्रहरी बलको कार्यालयमा पुगेर उनले उक्त निर्णय गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
गृहमन्त्री गुरुङलाई सशस्त्रका डिएसपी लक्ष्मण बरालले स्वागत गरेका थिए ।
गृहमन्त्री सशस्त्रको कार्यालय पुग्दा नवलपुरका सहायक सीडीओ चिरन्जिबि राना, एसपी युवराज खडका, अनुसन्धानका एसपी अभिनय कुमार सिंह लगायतको समेत सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया