काठमाडौं । युट्युबमा प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ लगायतका नेताहरूलाई अपमानजनक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका रोशन पोखरेल रहेका छन् ।
उनलाई नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पोखरेलले ‘Hades’ नामक युट्युब च्यानल सञ्चालन गर्दै आएका थिए । उक्त च्यानलमार्फत सार्वजनिक गरिएका सामग्रीका आधारमा उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका पोखरेलमाथि साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्ला अदालत पाँचथरबाट १० दिनको म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया