चितवनमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु

लोकपथ
595
Shares

 काठमाडौं । चितवनमा मोटरसाइकल र स्कुटर एक आपसामा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका–५ सापकोटा चोकस्थित सडकमा प्र.२–०३–००१ प ६८१० नम्बरको मोटरसाइकल र प्र.३–०३–००१ प १४१३ नम्बरको स्कुटर एकआपसमा ठोक्किएको थियो ।

शनिबार दिउँसो भएको सो दुर्घटनामा परे मोटरसाइकल चालक सोही महानगरपालिका–५ शान्ति चोक बस्ने बारा घर भएका २७ वर्षीय जय श्रीराम रायको मृत्यु भएको हो ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, स्कुटर चालकलाई भने नियन्त्रणमा लिइएको जानकारी गराउँदै थप अनुसन्धान अघि बढेको पनि प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?