जनस्वास्थ्य प्रमुख र स्वास्थ्य बिमा बोर्डका निर्देशकलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

लोकपथ
560
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बिमा बोर्डसँग सम्बन्धित दुई उच्च अधिकारीसँग स्पष्टीकरण मागेको छ ।

मन्त्रालयले प्रमुख जनस्वास्थ्य प्रशासक डा.भीमप्रसाद सापकोटा र बोर्डका कार्यकारी निर्देशक डा.कृष्णप्रसाद पौडेललाई तीन दिनभित्र जवाफ दिन निर्देशन दिएको हो ।

बिमा बोर्डको सदस्य नियुक्ति, बैठकमा सहभागिता र कागजात (माइन्युट) सम्बन्धी विषयमा अनियमितता भएको भन्दै सार्वजनिक सञ्चारमाध्यममा आएका समाचारपछि मन्त्रालयले स्पष्टिकरण सोधेको हो ।

मन्त्रालयले उनीहरूलाई आफूहरूको संलग्नता के हो, किन यस्तो अवस्था आएको हो भन्नेबारे स्पष्ट रूपमा जानकारी दिन भनेको छ ।

निस्क्रिय भइसकेको एक बोर्ड सदस्यलाई पुनः बैठकमा सहभागी गराइएको विषय विवादमा आएपछि यो कदम चालिएको हो ।

यसअघि सोही प्रकरणसँग जोडिएका कारण तत्कालीन श्रममन्त्री दीपक साहलाई पनि पदबाट हटाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?