बागमती प्रदेशभित्र कुन रुटमा कति भाडा बढ्यो ? [सूचीसहित]

लोकपथ
399
Shares

काठमाडौं । बागमती प्रदेश सरकारले पेट्रोल र डिजेलबाट सञ्चालन हुने सार्वजनिक सवारीसाधनको भाडादर पुनः समायोजन गरेको छ । शुक्रबार  श्रम, रोजगार तथा यातायातमन्त्रीस्तरीय निर्णयमार्फत नयाँ भाडादर निर्धारण गरिएको हो ।

प्रदेश सरकारले नयाँ भाडादर  आज देखि लागू हुने जनाएको छ ।

निर्णयअनुसार काठमाडौं–नारायणगढ (चितवन) रुटको भाडा ४४३ रुपैयाँबाट बढाएर ५२० रुपैयाँ कायम गरिएको छ । त्यस्तै काठमाडौं–कुरिनटार (मनकामना केबलकारसम्म) को भाडा ३०२ रुपैयाँबाट वृद्धि गरी ३५४ रुपैयाँ निर्धारण गरिएको छ ।

काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक सवारीसाधनको न्यूनतम भाडा भने २४ रुपैयाँ तोकिएको छ ।

प्रदेश राजपत्रमा प्रकाशित सूचनाअनुसार पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिलाई आधार मान्दै भाडा समायोजन गरिएको हो । उपत्यकाबाहिर सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीसाधनमा यसअघि कायम भाडादरमा १७।३५ प्रतिशतले वृद्धि गरी नयाँ दर लागू गरिएको उल्लेख छ ।

यस्तै, विद्युतीय सवारीसाधनबाट सञ्चालन हुने यात्रुवाहक सेवाको भाडादर भने २०७९ वैशाख १ देखि लागू गरिएको पुरानै दर यथावत् रहने प्रदेश सरकारले स्पष्ट पारेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?