वैदेशिक रोजगारीको बहानामा ९१ लाख भन्दा बढी ठगी, दुई जना पक्राउ

लोकपथ
133
Shares

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ९१ लाख ९० हजार रुपैयाँ ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुल्गेरिया पठाइदिने भन्दै ठगी गरेको अभियोगमा सल्ल्यान शारदा नगरपालिका–४ का ३२ वर्षीय दीपेन्द्र कुँवर र वनगाड कुपिन्डे नगरपालिका–८ का २४ वर्षीय घने बुढालाई पक्राउ गरेको हो ।

कार्यालयका प्रवक्ता रामेश्वर कार्कीका अनुसार अभियुक्तद्वयले वैदेशिक रोजगारीका लागि ठूलो रकम असुली गरी ठगी गरेका थिए ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?