गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ

लोकपथ
63
Shares

 काठमाडौं । गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।

प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले गौशालास्थित एक गेस्ट हाउसबाट ३०.४२ ग्राम खैरो हेरोइन र ५७ हजार रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका–२ का २६ वर्षीय माधवकुमार साह र सिन्धुलीको दुधौली नगरपालिका–४ की ३२ वर्षीया मीनाकुमारी अधिकारी रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार उनीहरूलाई पक्राउ गरी सार्वजनिक गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?