जर्मनीका लागि नेपाली राजदूत रुपाखेतीले दिए राजीनामा

लोकपथ
28
Shares

काठमाडौं । जर्मनीका लागि नेपाली राजदूत डा.शैल रुपाखेतीले पदबाट राजीनामा दिएका छन् ।

उनले गत बुधबार परराष्ट्र मन्त्रालयमा बुझाएको राजीनामा बिहीबार परराष्ट्रमन्त्री शिशिर खनालले स्वीकृत गरेका हुन् ।

यसअघि सुशीला कार्की नेतृत्वको सरकारले ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । सो निर्णयविरुद्ध राजदूतहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिटमा अदालतले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि मन्त्रालयले पदबाट हट्न नचाहेका राजदूतहरूलाई परराष्ट्र मन्त्रालयमै हाजिर गराउँदै छुट्टै कार्यकक्षमा राख्ने व्यवस्था गरेको थियो । यसै परिस्थितिबीच राजदूत रुपाखेतीले राजीनामा दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?