२२ सयले बढ्यो सुनको मूल्य, चाँदीको के भयो ?

लोकपथ
119
Shares

काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला  २२ सय रुपैयाँले बढेको हो । 

अघिल्लो दिन २ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज २२ सयले बढेर   २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

यस्तै आज चाँदीको मूल्य  पनि बढेको छ ।  महासंघका अनुसार आज चाँदी प्रतितोला ८५ रुपैयाँले बढेको हो । अघिल्लो दिन ४ हजार ८७५ रुपैयाँमा कारोबार भएको चाँदी आज ८५ रुपैयाँले बढेर ४ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको  छ  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?