काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले मर्चेण्ट बैंकिङ सेवा प्रदान गर्न आकाश क्यापिटल लिमिटेडको संस्थापक शेयर खरिद गरी उक्त कम्पनीलाई आफ्नो सहायक कम्पनीको रुपमा सञ्चालन गर्ने भएको छ ।
यस अघि बैंक र आकाश क्यापिटल लिमिटेडबिच संस्थापक शेयर खरिदबिक्री सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो । यसका लागि नेपाल राष्ट्र बैंकबाट आवश्यक स्वीकृति प्राप्त भइसकेको बैंकले जनाएको छ ।
उक्त लगानीका लागि स्वीकृति प्राप्त भएपछि प्रचलित धितोपत्र सम्बन्धी कानुन तथा नियामकीय व्यवस्था अनुसार नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट आवश्यक अनुमति तथा दर्ता प्रक्रियाहरू पूरा गरी मर्चेण्ट बैङ्किङ सेवाहरू सञ्चालनमा ल्याइने बैंकले जनाएको छ ।
हाल आकाश क्यापिटल लिमिटेडको नाममा रहेको उक्त कम्पनी कामना सेवा क्यापिटल लिमिटेडका सहायक कम्पनी भएसँगै ‘कामना सेवा क्यापिटल लिमिटेड’ को रूपमा सञ्चालन हुने बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया