मानव बेचबिखन तथा ओसारपसारमा संलग्न ४ जना पक्राउ

लोकपथ
91
Shares

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा चार जनालाई प्रहरीले  पक्राउ  गरेको छ । 

 पक्राउ पर्नेमा  मकवानपुरको बकैया गाउँपालिका–१२ की  ३० वर्षीया वास्ना माया योञ्जन, चन्द्रागिरि नगरपालिका–१४ नैकापका २३ वर्षीय आयुष केसी, दोलखाको भीमेश्वर नगरपालिका–४ का सुष्मा तामाङ र धादिङको थाक्रे गाउँपालिका–७ का ४२ वर्षीय हरिशम्शेर रायमाझी रहेका छन् । 

मानव बेचबिखन अनुसन्धान ब्युरोबाट खटिएको  प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

अभियुक्तहरूले प्रलोभनमा पारेर नाबालिगलाई वेश्यावृत्तिमा लगाएको तथा केहीलाई हङकङमा आकर्षक तलबमा बेयराको काममा लगाइदिने प्रलोभनमा पारी कम्बोडिया पुर्‍याएको प्रहरी अनुसन्धानबाट खुलेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?