फोन डायलको विषयमा झगडा हुँदा दाजुभाइ मारिए, आरोपी पक्राउ

लोकपथ
2.1k
Shares

काठमाडौं । फोन डायलको विषयले उग्ररुप लिँदा ललितपुरमा दुई युवकको हत्या भएको छ । 

ललितपुरको पाटन दरबार स्क्वायरमा बुधबार दिउँसो भएको यो घटनामा झापा घर भई ललितपुर बस्ने ३३ वर्षीय सुमित नेम्वाङ र उनका २५ वर्षीय भाइ सिर्जन नेम्वाङको हत्या भएको हो । उनीहरू दुवै जनाको छुरा प्रहारबाट मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीले हत्यामा संलग्न सञ्जीव नेपालीलाई नियन्त्रणमा लिइएको बताए । 

उनका अनुसार सिर्जनले अर्को व्यक्तिको नम्बर ठानेर डायल गर्दा सञ्जीव नेपालीको नम्बरमा फोन गएको थियो । त्यही विषयमा उनीहरूबीच फोनमा चर्को भनाभन भएपछि भेटेरै कुरा गर्ने भन्दै उनीहरू बुधबार दिउँसो ४ बजेतिर पाटन दरबारमा जम्मा भएका थिए । त्यहाँ विवाद बढेपछि सञ्जीवले छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट गम्भीर घाइते भएका नेम्वाङ दाजुभाइको उपचारका क्रममा बीएन्डबी अस्पतालमा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?