काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ७ हजार २ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन २ लाख ९१ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य आज ७२ सयले बढेर २ लाख ९९ हजारमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २०५ रुपैयाँले बढेको हो । हिजो मंगलबार ४ हजार ८२० रुपैयाँमा कारोबार भएको चाँदी आज २०५ रुपैयाँले बढेर ५ हजार २५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया