आज बस्दै संघीय संसदका दुवै सदनका बैठक, प्रधानमन्त्रीद्वारा वार्षिक प्रतिवेदन प्रस्तुत गरिने

लोकपथ
161
Shares

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । निर्धारित कार्यसूचीअनुसार प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे सिंहदरबारमा बस्नेछ भने राष्ट्रियसभाको बैठक १ः१५ बजेका लागि तय गरिएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यक्रम रहेको छ । 

यस्तै, अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ प्रस्ताव गर्ने कार्यसूची रहेको छ । उक्त विधेयक अघि बढाउन अनुमति माग्ने प्रस्ताव पनि बैठकमा प्रस्तुत गरिनेछ ।

यसैगरी, सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेरसम्बन्धी पत्र वाचन गरेर सुनाउने कार्यक्रम पनि तय गरिएको छ ।

उता, राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री शाहले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन’ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?