ललितपुरमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई वृद्धवृद्धाको निधन

लोकपथ
238
Shares

काठमाडौं । ललितपुरको थसिखेलमा आज मध्याह्न ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको ज्यान गएको छ ।

सातदोबाटोबाट एकान्तकुनातर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ८०६८ नम्बरको ट्रकले सोही दिशामा जाँदै गरेको बागमती प्रदेश ९५४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सुनसरी घर भई हाल ललितपुरको सानेपा बस्ने मोटरसाइकल चालक ६५ वर्षीय विदुर गुरुङ र मोटरसाइकलको पछाडि सवार ८४ वर्षीया धनमाया गुरुङको मृत्यु भएको हो । ट्रकको ठक्करपछि गम्भीर घाइते भएका उनीहरूलाई तत्काल उपचारका लागि अल्का अस्पताल पठाइएकोमा चिकित्सकले दिउँसो १ः१० बजे मृत घोषणा गरेका थिए ।

प्रहरीले ट्रक चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका–१२ बस्ने ३३ वर्षीय विनोद खा थारुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर जावलाखेलमा राखिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?