रूपन्देही । रूपन्देहीमा लागुऔषध नियन्त्रण अभियानका क्रममा प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन् भने अन्य तीन जनालाई पक्राउ गरिएको छ ।
घाइते हुनेमा रोहिणी गाउँपालिका–२ खुरहुरियाका विशाल यादव रहेका छन् । उनको बायाँ खुट्टाको पिँडुलामा गोली लागेको प्रहरीले जनाएको छ । घाइते यादवको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरीले विशाल यादवसहित भारत महाराजगञ्ज, पर्सामलिक ग्राम बिसुनपुरुवाका १८ वर्षीय अरुण कुमार र २० वर्षीय विनय पाण्डेयलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार रोहिणी गाउँपालिका–४ कोटहवामा लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा यूपी५६एफ ९९०१ नम्बरको मोटरसाइकलमा सवार तीन जनालाई रोक्न खोजिएको थियो । तर उनीहरू भाग्न खोजेपछि प्रहरीले पछ्याएको थियो ।
भाग्ने क्रममा मोटरसाइकलबाट लडेका युवाहरूलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले ढुंगा प्रहार गरेपछि प्रहरीले एक राउण्ड हवाई फायर गर्दै थप दुई राउण्ड गोली चलाएको थियो । सोही क्रममा विशाल यादव घाइते भएका हुन् ।
पक्राउ परेकाहरूको साथबाट प्रहरीले फेनारगन ११०० एम्पुल, डाइजेपाम ११०० एम्पुल र ब्रुफिन ११०० एम्पुल बरामद गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया