पूर्व मिस नेपाल उषा खड्गीले दिइन् पूर्व पति गणेशविरुद्ध प्रहरीमा जाहेरी

लोकपथ
637
Shares

काठमाडौं । पूर्व मिस नेपाल एवं अभिनेत्री उषा खड्गीले आफ्नो पूर्व पति गणेशप्रसाद तिमल्सेना (जीपी तिमल्सेना)विरुद्ध प्रहरीमा उजुरी दिएकी छन् ।

केही दिनदेखि सामाजिक सञ्जालमा आफूलाई पूर्व पति तिमल्सेनाले टर्चर दिने गरेको भन्दै सामाजिक सञ्जालमा लेख्दै आएकी थिइन् ।

सोमबार जिल्ला प्रहरी परिसर भक्तपुरमा पूर्वपति तिमल्सिनाले आफूमाथि अभद्र व्यवहार (कुटपिट र गालीगलौज) गरेको भन्दै प्रहरीमा उजुरी दिएकी हुन् ।

२०५९ साल वैशाख २६ गते प्रेम विवाह गरेका उषा र गणेशबिच २०७९ साल जेठ २६ गते सम्बन्ध विच्छेद भएको थियो । एक छोरा र छोरी उषासँगै रहँदै आइरहेका छन् ।

जाहेरीमा उनले सम्बन्ध विच्छेद भएको केही समयपछि अर्थात् २०७९ साल असार २३ गते बिहान ९ बजेको समयमा आफूलाई घरबाट निकाल्न दबाब दिएको उल्लेख गरेकी छन् । गणेशले उषासहित छोरा र छोरीलाई समेत कुटपिट गरेको आरोप लगाएकी छन् ।

त्यस्तै २०८२ चैत १६ गतेका दिन साँझ ६ बजेको समयमा पहिलेझैँ तथानाम गाली गलौज गरी कुटपिट गर्न खोजेको तर छोरा उगेनले कुटपिट हुनबाट जोगाएको समेत उल्लेख गरेकी छन् ।

त्यति मात्र होइन उनले आफ्ना माइतीका दाजुभाइहरु शान्तिपूर्वक बाँच्न पाउने मानवअधिकार हनन भएको भन्दै जीउज्यानको सुरक्षाको समेत माग गरेकी छन् ।

म जाहेरवालाले आफ्नो माइत मावलीको दाजुभाईसँग कुरा गर्दा तथा मेरो मावलीको दाजुभाईले घरमा छोड्न आउँदा शंका उपशंका गरी तँ… (अपशब्द) ,भनी मुख छाड्ने, अपमानजनक शब्दहरु बोल्ने, पटकपटक अत्यधिक मादक पदार्थ सेवन गरी आई मेरा सरसामानहरु सबै घरबाहिर फाली तथानाम बोली घरबाट निकाला गर्ने गर्दै आएको, मिति २०८२–१२–१६ गतेको साँझ अन्दाजी १८ः०० बजेको समयमा पनि सधैँझैँ तनाथाम गाली गलौज गरी कुटपिट गर्न खोज्दा छोरा उगेन तिमल्सेनाले छुट्टयाएको कारण कुटपिट गराइबाट जोगियो । यसरी निजको यस्तो पटकपटकको व्यवहारबाट अभद्र व्यवहार गरेको सुस्पष्ट भएकोले गणेशप्रसाद तिमल्सेनालाई यस कार्यालयबाट पक्राउ गरी यस कार्यालयबाट जे जे बुझ्नु पर्ने बुझी, अनुसन्धान गरी मुलुकी अपराध संहिता २०७४ को दफा ११८ अन्तर्गत हदैसम्म कारबाही गरी म जाहेरवाला, छोरा छोरी तथा मेरो माइतीका दाजुभाई शान्तिपूर्वक बाँच्न पाउने मानवअधिकार समेत हनन भएको हुँदा जीउ ज्यानको सुरक्षा गरी आवश्यक शान्ति सुरक्षा समेत दिलाई पाउँ,’ उषाले प्रहरीमा दिएको जाहेरीमा भनिएको छ ।

उनको उजुरी आएको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?