काठमाडौं । सोमबार सुनचाँदी दुवैको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुन तोलामा २ हजार ६ सय रुपैयाँ र चाँदी ५० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन २ लाख ९४ हजार रुपैयाँमा सुनको कारोबार भएको थियो ।
समग्रमा विगत एक सातामा सुनको भाउ ७ हजार ९ सय रुपैयाँ बढेको छ । गत सोमबार २ लाख ८३ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
यस्तै, चाँदी हिजो प्रतितोला ४ हजार ८३० रुपैयाँमा कारोबार भएकोमा आज ४ हजार ७८० रुपैयाँमा झरेको छ । गत सोमबार चाँदी प्रतितोला ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया