सभामुख पदमा कांग्रेसले उमेदवारी नदिने

लोकपथ
91
Shares

काठमाडौं । नेपाली कांग्रेसले सभामुख पदमा उम्मेदवारी नदिने भएको छ । 

उपसभामुखको पदमा स्वतः कांग्रेसले दाबी गर्न पाउने भएपछि सभामुखमा उम्मेदवारी नदिने भएको हो ।

सभामुख पदको निर्वाचन चैत २२ मा हुँदैछ । त्यसका लागि संसद् सचिवालयले शुक्रबार  बिहान ११ देखि २ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय तोकेको  थियो  । 

आजै साढे २ बजे अन्तिम सूची प्रकाशित हुने सचिवालयले जनाएको छ  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?