हेटौँडा । हेटौँडाको सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी परीक्षा केन्द्रमा एसईई परीक्षामा नक्कली परीक्षार्थी सहभागी भएका छन् ।
विराज विक नामक परीक्षार्थीलाई अंकित श्रेष्ठ बनेर परीक्षा दिने क्रममा प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार, पक्राउ परेका विकले पाँच हजार रुपैयाँको प्रलोभनमा अंकितको परीक्षा दिएको पाइएको छ । प्रहरीले नक्कली परीक्षार्थीविरुद्ध मुचुल्का तयार गरी आवश्यक कारबाही सुरु गरेको छ ।
अंकित श्रेष्ठ अघिल्लो वर्ष पनि फेल भएका थिए र यस वर्ष पास हुनका लागि अर्कोलाई प्रयोग गरेको खुलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया