काठमाडौं । नेपालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर एकैसाथ सुरु भएको छ ।
परीक्षाको पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष पाँच लाखभन्दा बढी विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।
परीक्षा देशभरका १ हजार ९६६ केन्द्रबाट सञ्चालन भइरहेको छ भने विदेशमा पनि पहिलो पटक जापानमा एक परीक्षा केन्द्र राखिएको छ ।
बोर्डले परीक्षा सम्पन्न भएको एक महिनाभित्रै नतिजा सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया