सङ्खुवासभामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

लोकपथ
21
Shares

सङ्खुवासभा । सङ्खुवासभाको पाँचखपन नगरपालिका–४ खानीगाँउमा ट्याक्टर दुर्घटना एक जनाको मृत्यु भएको छ ।

 मृत्यु हुनेमा पाँचखपन–४ का २१ वर्षीय रोशन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले  जानकारी दिए ।

पाँचखपन–४ खानीगाउँस्थित भित्री सडक खण्डमा वानाबाट टिम्मुरेतर्फ जाँदै गरेको प्र१–०२–००३त ३८६६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई आज बिहान दुर्घटनामा परेको हो । दुर्घटनामा ट्रयाक्टरमा सहयोगी काम गर्ने २१ वर्षीय  श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक राजवंशीले बताए । 

प्रहरीले ट्रयाक्टर चालक पाँचखपन–३ सिभुवाका १८ वर्षीय विकास दर्जीलाई नियन्त्रणमा लिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?