संसद बैठक आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस

लोकपथ
231
Shares

काठमाडौं । संघीय संसदका दुवै सदनको संयुक्त बैठकका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस भएको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी चैत १९ गते दिनको २ बजेका लागि बैठक बस्नेगरी सिफारिस गरेको हो ।

बैठकपछि बोल्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले सो विषयमा जानकारी दिए । त्यस्तै संविधान संशोधन बहसपत्र तयार गर्न प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय भएको उनले बताए ।

त्यसमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुको प्रतिनिधित्व रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?