काठमाडौं । नेपाली कांग्रेसले जरुरी अनुशासन समितिको बैठक बोलाएको छ ।
कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले चैत १८ गते बुधबारका लागि उक्त बैठक बोलाइएको जानकारी दिए ।
बैठकका एजेण्डाबारे खुलाइएको छैन ।
‘नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको जरुरी बैठक २०८२ चैत्र १८ गते बुधबार दिनको १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय वीपी स्मृती भवन वीपी नगर ललितपुरमा बस्ने यसै विज्ञप्ति मार्फत् जानकारी गराइन्छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया