काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा माइतीघर–बबरमहल क्षेत्रमा भएको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ ।
लाठीचार्जका क्रममा एमालेका नेता, कार्यकर्ताहरु घाइते भएका छन् ।
शनिबार बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट प्रहरीले ओलीलाई पक्राउ गरेपछि कार्यकर्ताहरु सडकमा निस्किएका थिए ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन दबाएको आरोपमा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको छ ।
एमालेले अध्यक्ष ओली र नेता लेखकको पक्राउलाई ‘अवैध र राजनीतिक प्रतिशोध’ भन्दै तत्काल रिहाइको माग गर्दै देशभर प्रदर्शन गरिरहेको छ ।



















यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया