५ हजारले बढ्यो सुन, चाँदी पनि बढ्यो 

लोकपथ
287
Shares

काठमाडौं । साताको पहिलो कारोबारका दिन सुनको मूल्य ह्वातै बढेको  छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  छापावाल सुन प्रतितोला  ५ हजार रुपैयाँले बढेको हो । 

अघिल्लो दिन २ लाख ८१ हजार रुपैयाँमा कारोबार भएको सुन आज ५ हजार रुपैयाँले बढेर  २ लाख ८६ हजारमा कारोबार भएको महासंघले जनाएको छ । 

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ५० रुपैयाँले बढेको हो । अघिल्लो दिन ४ हजार ६ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज ५० रुपैयाँले बढेर ४ हजार ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?