काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले कार्यभार सम्हालेपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कडा आपत्ति जनाएकी छन् ।
शनिबार एक विज्ञप्ति जारी गर्दै उनले यो कदम प्रतिशोधपूर्ण र लोकतन्त्रविपरीत भएको बताएकी छन् ।
भण्डारीका अनुसार, सुशीला कार्की नेतृत्वको तत्कालीन अन्तरिम सरकारले गठन गरेको जाँच आयोगको प्रतिवेदन पूर्ण नभएको र त्रुटिपूर्ण रहेको अवस्थामा हतारमा गिरफ्तारी गर्नु विधिको शासनमाथि प्रहार हो ।
विशेष गरी भाद्र २३–२४ को घटना सम्बन्धी आयोगको सिफारिसलाई आधार बनाएर चालिएको कदमले मुलुकमा द्वन्द्व र अस्थिरता निम्त्याउने जोखिम रहेको उनले बताइन् ।
पूर्व राष्ट्रपतिले सरकारले संवैधानिक मर्यादा र लोकतान्त्रिक अभ्यासको पालना गर्दै निर्णय पुनर्विचार गरेर फिर्ता लिन आग्रह गरेकी छन् । साथै, सरकारलाई संयमित र विधिसम्मत ढंगले अघि बढ्न सचेत गराएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया