काठमाडौं । हेटौँडा सिमेन्ट उद्योगले क्लिंकर उत्पादन सुरु गरेको छ । भदौ २४ देखि बन्द रहेको उद्योगले उत्पादन सुरु गरेको सूचना अधिकारी हरेराम आचार्यले बताए ।
क्लिंकर उत्पादनसँगै सिमेन्ट बजारमा पठाउने तयारी भइरहेको उनले बताए । ‘हामीसँग दुई सातालाई पुग्ने कच्चा पदार्थ छ । त्यसैबाट क्लिंकर उत्पादन भइरहेको छ। थप कच्चा पदार्थको व्यवस्थापन भइरहेको छ,’उनले भने ।
नियमित उत्पादन हुँदा दैनिक सात–आठ सय क्विन्टल सिमेन्ट यस उद्योगबाट उत्पादन हुन्छ । हाल छ सय क्विन्टलसम्म सिमेन्ट उत्पादन गर्ने लक्ष्य रहेको उनले बताए । २०३३ सालमा हेटौंडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले विसं २०४३ सालदेखि सिमेन्ट उत्पादन सुरु गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया