काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि गृहमन्त्री सुदन गुरुङले अब देशले नयाँ दिशा लिने बताएका छन् ।
शनिबार बिहान उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएलगत्तै गृहमन्त्री गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो लेखेका हुन् ।
उनले लेखेका छन्, ‘कानुनभन्दा माथि कोही छैन । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौँ । यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुवात हो। मलाई विश्वास छ, अब देशले नयाँ दिशा लिनेछ ।’
उनले अर्को पोस्टमा आयो गोर्खाली पनि लेखेका छन् ।
पूर्वप्रधामन्त्री ओलीलाई भक्तपुरको गुण्डुस्थित निवासबाट र पूर्व गृहमन्त्री रमेश लेखकलाई बिहान पक्राउ गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया