सरकारले भोलि शासकीय स्वरुप सुधारका १०० कार्यसूची सार्वजनिक गर्ने

लोकपथ
350
Shares

काठमाडौं । सरकारले शासकीय स्वरुप सुधारका १०० कार्यसूची ल्याउने निर्णय गरेको छ ।

आज बसेको बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

उनका अनुसार सरकारले शनिबार (भोलि) सम्म शासकीय स्वरुप सुधारका लागि १०० कार्यसूची सार्वजनिक गर्नेछ ।

‘सरकारका शासकीय स्वरुप सुधारका १०० कार्यसूची भोलिसम्ममा सार्वजनिक गर्ने,’ उनले भने ।

त्यस्तै आजको बैठकले गौरीबहादुर कार्की नेतृत्वको जेनजी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?