बालेनलाई शुभकामना दिँदै बाबुरामले भने : ‘लामो समय फसेको अर्थ–राजनीति गतिशील बनाइयोस्’

लोकपथ
105
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्रीमा नियुक्त हुन लागेका बालेन्द्र शाह (बालेन) लाई सफल कार्यकालको शुभकामना दिएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत भट्टराईले शाह नेपाली इतिहासकै कान्छा तथा मधेसी मूलका पहिलो प्रधानमन्त्रीका रूपमा ऐतिहासिक जिम्मेवारी सम्हाल्न लागेको उल्लेख गर्दै बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।

भट्टराईले आन्तरिक रूपमा लामो समयदेखि संरचनात्मक अवरोधमा फसेको अर्थ–राजनीतिलाई गतिशील बनाउनुका साथै बाह्य रूपमा तीव्र परिवर्तन भइरहेका भू–राजनीतिक परिस्थितिलाई सन्तुलित रूपमा सम्हाल्नुपर्नेमा जोड दिएका छन् । उनले देशको वर्तमान चुनौती र सम्भावनालाई कुशलतापूर्वक व्यवस्थापन गर्न सुझाव दिएका छन् ।

उनका अनुसार २१औँ शताब्दीका आकांक्षा पूरा गर्न सुशासन, समावेशी समृद्धि र समयानुकूल नीतिगत सुधार अपरिहार्य छन् । साथै, डिजिटल प्रविधि र एआईमैत्री युवा पुस्ताको नेतृत्वमा मुलुकलाई अघि बढाउनुपर्ने वस्तुगत यथार्थलाई सबैले आत्मसात गर्नुपर्ने धारणा पनि उनले व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?