काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रकरणमा आज पनि सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।
मंगलबार न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा बहस सकिन नसकेपछि आजका लागि पुनः सुनुवाइ तोकिएको हो ।
रिट निवेदक पक्षको बहस सकिएको छ । आज सरकारी वकिल र रवि लामिछाने पक्षका वकिलले प्रतिवाद गर्नेछन् ।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेको मुद्दामा मात्र आरोपपत्र संशोधन गर्ने निर्णय गरेपछि यो विषय विवादमा परेको हो ।
यसअघि उनले २ माघमा लामिछानेसहित सबै आरोपितको हकमा आरोपपत्र संशोधन गर्ने निर्णय गरेकी थिइन् । साथै, पुस ३० गते उनले लामिछानेविरुद्ध सहकारी ठगीसम्बन्धी मुद्दा मात्र चलाउन सम्बन्धित सरकारी वकिलको कार्यालयलाई निर्देशन दिएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया