१४ हजार ६ सयले बढ्यो सुनको मूल्य, चाँदी पनि बढ्यो 

लोकपथ
448
Shares

काठमाडौं ।  नेपाली बजारमा लगातार केही दिनदेखि सुनको मूल्यमा गिरावट आए पनि  आज भने वृद्धि भएको छ । नेपाल  सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  छापावाल सुन प्रतितोला १४ हजार ६ सय रुपैयाँले बढेको हो ।

अघिल्लो दिन २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज  १४ हजार ६ सय रुपैयाँले बढेर २ लाख ८८ हजार  ५ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी ४ सय  १५ रुपैयाँले बढेको हो ।  अघिल्लो दिन ४ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी आज  ४१५ रुपैयाँले बढेर ४ हजार  ९ सय ९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?