साफ यू–२० च्याम्पियनसिप : दोस्रो जितको खोजीमा नेपाल

लोकपथ
133
Shares

काठमाडौं । माल्दिभ्समा जारी साफ यू–२० च्याम्पियनसिपअन्तर्गत नेपालले आज श्रीलंकासँग प्रतिस्पर्धा गर्दै छ । दुवै टोली लगातार दोस्रो जितको खोजीमा मैदान उत्रिँदै छन् ।

समूह ‘ए’ मा रहेको नेपाल एक खेलबाट तीन अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । नेपालले उद्घाटन खेलमा भुटानलाई २–१ ले पराजित गरेको थियो ।

श्रीलंका भने समान तीन अंकसहित समूहको शीर्ष स्थानमा छ । उसले पहिलो खेलमा घरेलु टोली माल्दिभ्सलाई ३–२ ले हराएको थियो ।

नेपाल र श्रीलंकाबीचको खेल माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा नेपाली समयअनुसार साँझ ६ बजे सुरु हुनेछ ।

यस्तै, आजै हुने अर्को खेलमा समूह ‘ए’ का भुटान र माल्दिभ्स पहिलो जितको खोजीमा आमनेसामने हुनेछन् । दुवै टोलीले पहिलो खेलमा हार बेहोरेका थिए ।

भुटान नेपालसँग २–१ ले पराजित हुँदा माल्दिभ्स श्रीलंकासँग ३–२ ले पराजित भएको थियो । यी दुईबीचको खेल नेपाली समयअनुसार साँझ ९ः४५ बजे हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?