काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा बिहान ११ः१५ बजे केसीलाई शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।
फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सदस्यहरूमध्ये केसी ज्येष्ठ सदस्य हुन् ।
उक्त निर्वाचनमा प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फ ११० जना सांसद निर्वाचित भएका छन् । केसी भने नेपाली कांग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया