आज पनि घट्यो सुनचाँदीको मूल्य

लोकपथ
392
Shares

काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १६ सय रुपैयाँले घटेको हो । 

अघिल्लो दिन  २ लाख ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १६ सयले घटेर २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला  ८० रुपैयाँले बढेको हो । 

अघिल्लो दिन ४हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज ८० रुपैयाँले बढेर  ४ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । पश्चिम एसियामा जारी युद्धसँगै सुनचाँदीको मूल्य निरन्तर घट्दो क्रममा रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?