पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध उजुरी दिएका व्यक्ति पनि सहकारी ठगीकै आरोपमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार लामिछानेविरुद्ध उजुरी दिएका कृष्णप्रसाद जैसीलाई पक्राउ गरेको हो ।
उनलाई पोखरास्थित धनुष बचत तथा ऋण सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जैसीलाई पक्राउ गरिनुका साथै अन्य चार जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ ।
यसअघि २०८१ साल पुस महिनामा गरिएको प्रारम्भिक छानबिनबाट सो सहकारीमा १९ करोड १८ लाख रुपैयाँ हिनामिना भएको प्रतिवेदन तयार गरी रजिस्ट्रारको कार्यालयमा पेस गरिएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया