नेपाली चलचित्र ‘पहाड’को ‘मोहनी लगाउने’ सार्वजनिक

लोकपथ
56
Shares

काठमाडौं । नेपाली चलचित्र पहाडको गीतको भिडियो सार्वजनिक भएको छ ।

सोमबार काठमाडौंमा एक कार्यक्रमबिच चलचित्रको ‘मोहनी लगाउने’ बोलको गीत सार्वजनिक गरिएको हो ।

गीतमा भारती घिमिरे र साकर आप्टे र अस्मिता अधिकारी, मदनकृष्ण श्रेष्ठ, विपिन कार्कीले स्वर दिएका छन् ।

त्यस्तै चलचित्रमा अभिनेता मदनकृष्ण श्रेष्ठसँगै सुनिल थापा, शिव श्रेष्ठ, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, भारती घिमिरे, प्रियंका कार्की, अरुण क्षेत्री, पञ्चमी घिमिरे, रेणुनाथ योगी, उमा गिरी, आशा पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।

म्युनिक भिडियोको निर्देशन रञ्जित सिंह गाजमेरले गरेका छन् भने चलचित्रका लेखक र निर्देशक तुलसी घिमिरे रहेका छन् ।

कार्यक्रममा बोल्दै घिमिरेले नयाँ पुस्ता र पुरानो पुस्ता एक आपसमा ठोक्किने र नयाँ पुस्ताले नयाँ कुरा सधैँ बोकेर हिँड्ने गरेको बताए ।

पुरानो पुस्ताबाट सिक्न पनि त्यत्तिकै आवश्यक रहेको उनले बताए । नेपालीहरु पलायन भएर गएकाहरु पहाड नै खोजेर बस्ने गरेको बताए ।

यो पहाडको कथामा यीनै मुख्य कुरालाइ देखाइएको बताए । देश बनाउने युवा नै चाहिने र देश बनाउने काम युवाकै भएको बताए ।

कार्यक्रममा बोल्दै अभिनेतृ पञ्चमी घिमिरेले पहाडको कथालाई चलचित्रमा देखाइएको बताए । पञ्चमीको यो डेब्यु चलचित्र समेत हो ।

चलचित्र नेपाली नयाँ वर्षको दिन देशभर सार्वजनिक हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?