तोलामै ५४ सयले घट्यो सुनको मूल्य , चाँदी के भयो ?

लोकपथ
1k
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ हजार ४०० रुपैयाँले घटेको हो ।

बुधबार प्रतितोला ३ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भएको  सुन आज ५४ सयले घटेर ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

त्यस्तै आज चाँदी पनि घटेको छ ।   महासंघका अनुसार आज चाँदी प्रतितोला  १४० रुपैयाँमा घटेको हो । 

बुधबार चाँदी प्रतितोला ५ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । आज सोही परिमाणको चाँदी ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?