पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार  २० हजार राहत उपलब्ध गराइने

लोकपथ
0
Shares

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकाले हालै आएको हावाहुरीका कारण क्षति बेहोरेका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

यही चैत २ गते बेलुका आएको हावाहुरीबाट प्रभावित घरपरिवारको स्थलगत अनुगमनपछि गाउँपालिकाले प्रतिपरिवार  २० हजारका दरले राहत वितरण गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए । 

उनका अनुसार प्रभावित परिवारको अवस्थालाई दृष्टिगत गर्दै स्थलगत निरीक्षणपछि प्रतिपरिवार  २० हजारका दरले राहत प्रदान गर्ने निर्णय गरिएको हो । ‘प्राकृतिक विपत्तिका कारण समस्यामा परेका नागरिकलाई तत्काल सहयोग पुर्‍याउनु हाम्रो दायित्व हो, ‘अध्यक्ष राईले भने, ‘क्षतिको विवरण स.कलनसँगै राहत वितरणलाई तीव्रता दिइएको छ ।’

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले हावाहुरीका कारण नौ परिवारका घरमा क्षति पुगेको बताए । ती सबै परिवारलाई राहत उपलब्ध गराइने उनले जानकारी दिए । 

हावाहुरीका कारण कच्ची तथा टिनका छाना भएका घरहरू बढी प्रभावित भएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?