काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन ३ लाख ९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २२ सयले घटेर ३ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १ सय ८५ रुपैयाँले घटेको हो ।
हिजो मंगलबार ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८५ रुपैयाँले घटेर ५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया