भोजपुरमा हावाहुरीले सशस्त्र प्रहरीको छाना उडायो, बसोबासमा समस्या

लोकपथ
63
Shares

भोजपुर । हावाहुरीले भोजपुर नगरपालिका–१२, कोटडाँडास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ गुल्म हेडक्वाटरको ब्यारेकको छाना उडाएको छ । यसका कारण सुरक्षाकर्मीको बसोबासमा समस्या परेको छ ।

गुल्म प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक दिब्यराज कोइरालाका अनुसार, हावाहुरीसँगै वर्षा भइरहेको हुँदा कार्यरत सुरक्षाकर्मीलाई असुविधा भएको हो ।

जिल्लामा घर, विद्यालय, स्वास्थ्य संस्था, रेडियो र टेलिकम टावरहरूमा पनि हावाहुरीले क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख नायब उपरीक्षक राजु लामाले अहिले क्षतिको विवरण संकलन भइरहेको बताए ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी राजन पौडेलका अनुसार, विवरण संकलनपछि राहत वितरणबारे छलफल गरिनेछ । स्थानीय तहहरूले राहत र विवरण संकलनमा काम गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?