गुण्डुमै पुगेर राष्ट्रपतिले दिए पितृ शोकमा रहेका ओलीलाई समवेदना

लोकपथ
49
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पितृ शोकमा रहेका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर समवेदना दिएका छन् ।

ओली निवास भक्तपुरको गुण्डुमा पुगेर राष्ट्रपति पौडेलले ओली र परिवारलाई समवेदना दिएका हुन् ।

ओलीका पिता मोहनप्रसाद ओलीको केहीदिनअघि निधन भएको थियो । शोकमा रहेका ओली र उनको परिवारलाई समवेदना दिन शीर्ष नेताहरु ओली निवास गुण्डु पुगिरहेका छन् ।

केही दिनअघि प्रधानमन्त्री सुशीला कार्की समेत ओलीलाई समवेदना दिन पुगेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?